Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा

भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा

अर्थ प्लस
भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा

काठमाडौं, भदौ १४ । भारतीय सेयर बजार अल टाइम हाईको उचाईको पुगेको छ । भारतको सेयर बजार मापक इन्डेक्स सेनसेक्स इन्डेक्स आज इन्ट्रा डे कारोबारमा ८२ हजार ६३७ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।  

तर आज समग्रमा सेन्सेक्स २३१ अंकको वृद्धिका साथ ८२ हजार ३६५ विन्दुमा बन्द भएको छ । यो पनि हालसम्मकै उच्च क्लोजिङ विन्दु हो । यसअघिको उच्च क्लोजिङ विन्दु ८२ हजार १३४ रहेको थियो ।  

निफ्टी पनि आज ८३ अंकले बढेर २५ हजार २३५ विन्दुमा पुगेको छ । यो पनि निफ्टीको हालसम्मकै उच्च विन्दु  हो । यसअघि निफ्टीको उच्च क्लोजिङ २५ हजार १५१ विन्दु थियो ।  

आज सेन्सेक्समा कारोबार भएका ३० वटा कम्पनीको सेयरमध्ये २१ वटाको सेयरमूल्य बढ्यो भने ९ वटाको मात्रै घट्यो । यस्तै निफ्टी५० का ४१ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छायो भने ९ वटामा रातो पोतियो । निफ्टीमा कारोबार भएका मध्ये आज सिप्ला कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो ।  

सम्बन्धित समाचार