Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

भारतको सेयर बजार फेरि नयाँ उचाईमा

भारतको सेयर बजार फेरि नयाँ उचाईमा

अर्थ प्लस
भारतको सेयर बजार फेरि नयाँ उचाईमा

काठमाण्डौ , भदौ १७ । भारतको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । भारतको सेयर बजारले आज इन्ट्रो डे कारोबारका क्रममा नयाँ उचाई हासिुल गरेको छ ।  

आज सेन्सेक्स ८२ हजार ७२५ र निफ्टी पनि २५ हजार ३३३ विन्दुमा पुगेका छन् । जुन विन्दु हालसम्मकै उच्च हो । अहिले भने सेन्सेक्स २१९ अंकले बढेर ८२ हजार ५९६ विन्दुमा कारोबार गरिरहेको छ ।  

यस्तै निफ्टी पनि अहिले ५१ अंकले बढेर २५ हजार २८७ विन्दुमा पुगेको छ । यसअघि गत अगस्ट ३० मा भारतको सेयर बजारले अल टाइम हाईको उचाई चुमेको थियो ।  

आज अन्य एशियाली सेयर बजार पनि बढेका छन् । आज जापानको निक्की इन्डेक्स ०.१४ प्रतिशतले बढेको छ । यस्तै हङकङको हाङसेङ भने आज १.७८ प्रतिशत र चीनको साङघाई कम्पोपजट पनि ०.६२ प्रतिशतले घटेको छ ।  

सम्बन्धित समाचार