Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

ह्याविट्याट पावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ह्याविट्याट पावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ प्लस
ह्याविट्याट पावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौँ, भदौ १८ । सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको, ह्याविट्याट पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरका ११ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्ने तयारी गरेको हो ।  

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र बाँकी १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई जारी गर्ने जनाएको छ ।  

यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटलंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा ह्याविट्याट पावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष वटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  

ह्याविट्याट पावर कम्पनीले निर्माण गर्दै गरेको, पाँचथर जिल्लामा अवस्थित,९.९ मेगावाट क्षमताको हेवाखोला ए साना जलविद्युत आयोजनाको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । यहि आवको चैत्र मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।  आयोजना सम्पन्न गरिसक्दा प्रति मेवा लागत १९ करोड रुपैयाँ मात्र रहेको छ ।

सम्बन्धित समाचार