Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

हकप्रद अनुमोदनको प्रस्ताव सहित बरुण हाइड्रोपावरले डाक्यो साधारणसभा

हकप्रद अनुमोदनको प्रस्ताव सहित बरुण हाइड्रोपावरले डाक्यो साधारणसभा

अर्थ प्लस
हकप्रद अनुमोदनको प्रस्ताव सहित बरुण हाइड्रोपावरले डाक्यो साधारणसभा

काठमाडौँ , भदौ २० । बरुण हाइड्रोपावर लिमिटेडले हकप्रद अनुमोदनको प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ १९ गते बसेको संचालक समिती बैठकले २१ औँ साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

कम्पनीको २१ औँ बार्षिक साधारणसभा असोज १३ गते आईतबार बिहान ११ बजेदेखि लर्ड पार्टी भेन्यु काठमांडौमा सुरु हुनेछ । सभाले हकप्रद निष्काशन गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

त्यस्तै साधारणसभाले मर्जर सम्बन्धी, कम्पनीको प्रबन्धत्र र नियमावली संसोधन र कम्पनीको प्रबन्धपत्र, नियमावलीमा नियामक निकायवाट कुनै फेरबदल, संसोधन, थपघट गर्नुपर्ने सुझाव प्राप्त भएमा तथा कम्पनी गाभ्ने, गाभीने तथा प्राप्ती गर्ने सम्वन्धमा आवश्यक सम्पुर्ण कार्य गर्न संचालक समितीलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज २ गते बुकक्लोज गर्नेछ त्यसैले असोज १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन सक्नेछन् ।

सम्बन्धित समाचार