Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा

अर्थ प्लस
आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा

काठमाडौँ , भदौ २० । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ नामक योजनाका लागि  लाभांश घोषणा गरिएको हो ।  

योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले यी म्युचुअल फण्डका इकाईधनीहरु लाई आर्थिक २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले आरविवि म्युचुअल फण्ड १ का लागि ३.८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का लागि ८.९४ प्रतिशत लागि पनि ९।५० प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरेको छ । लाभांश वितरण प्रयोजनका लागि आगामी भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ । यसर्थ भदौ ३० गतेसम्म  कायम इकाईधनीहरु मात्रै लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सम्बन्धित समाचार