Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सूर्यज्योति लाइफको ८.०१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

सूर्यज्योति लाइफको ८.०१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

अर्थ प्लस
सूर्यज्योति लाइफको ८.०१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

काठमाडौं , भदौ २८ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।  

बैंकले कम्पनीको ८ लाख १ हजार ४७३ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।  

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम बिक्री मूल्य २०८ रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।  

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । 

सम्बन्धित समाचार