Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
समाचार

पूर्व पश्चिम रेलमार्ग : भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने

पूर्व पश्चिम रेलमार्ग : भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने

पूर्व पश्चिम रेलमार्ग : भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने

चितवन,१० माघ- स्थानीयको चर्को विरोधपछि स्थगित भएको पूर्व पश्चिम रेलमार्गको भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने भएको छ । अध्ययनका लागि रेल विभागका महानिर्देशक रोहित कुमार बिसुरालसहितको प्राविधिक टोली बुधबार भरतपुर आइपुगेको छ ।

पुस २८ गते भरतपुर महानगरपालिकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको उपस्थितिमा चितवनका सरोकारवालासँगको बैठकले वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने निष्कर्ष निकालेको थियो ।

विकल्पमा प्रस्तुत गरिएको २ रुट टिकौली हुँदै आँपटारी र राप्ती तटीय क्षेत्र हुँदै गोलाघाट जोड्ने भनिएको रुटको टोलीले स्थलगत अध्ययन गर्ने जनाएको छ ।

अध्ययन पूर्व भरतपुर महानगरपालिका सभाहलमा सरोकारवालासँग भएको छलफलले अबको नयाँ रुट निर्माण गर्दा भरतपुर महानगरपालिकाका प्राविधिसहित कम वस्ती भएको स्थान र  कम क्षति हुने गरी पूर्व पश्चिम रेल मार्गको रुट भरतपुरमा निर्माण गर्न सुझाव दिएका छन् ।

अध्ययन गर्ने टोलीले भरतपुरका राजनीतिक दल, विज्ञ, स्थानीय सरोकारवालासँगको समवन्यमा रुटको कार्यलाई अगाडि बढाउने छ ।

छलफल कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पुराना अल्टर्नेटिभ ५ वटा रुटमा रेल मार्ग निर्माण गर्न नसकिने उल्लेख गरिन्।

भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यकरणलाई बिगार्ने गरी रेल मार्ग निर्माण गर्दा अहिले भइरहेको विकास आयोजनामा ठूलो क्षति पुग्ने उनले बताइन्।

१४ वर्षअघि तयार पारिएको योजना प्रतिवेदन भरतपुरमा अहिले कत्ति पनि मेल नखाने भएकाले जनतालाई क्षति नपुग्ने गरी काम अगाडि बढाउन रेल विभागका कर्मचारीलाई उनले अनुरोध गरिन्।

सम्बन्धित समाचार