Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आँखुखोला जलविद्युतको हकप्रद बाँडफाँड, १७.५० लाख कित्ता लिलामीमा आउने

आँखुखोला जलविद्युतको हकप्रद बाँडफाँड, १७.५० लाख कित्ता लिलामीमा आउने

अर्थ प्लस
आँखुखोला जलविद्युतको हकप्रद बाँडफाँड, १७.५० लाख कित्ता लिलामीमा आउने

काठमाडौं, भदौ ३१ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले निष्कासन गरेको एक सय पचास प्रतिशत हकप्रद सेयर बाँँडफाँड गरिएको छ । उक्त हकप्रद भाद्र ३० गते बाँडफाँड गरिएको हो ।

कम्पनीले साउन २७ गतेदखि भदौ १६ गतेसम्म १ः१.५० अनुपातमा १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । १ करोड २० लाख कित्ता हकप्रद सेयर खुल्ला गरेकोमा ४१ हजर ३६२ जना आवेदकहरुबाट १ करोड २ लाख ४९ हजार ७ सय ५२ कित्ताका लागि मात्र आवेदन परेको छ । जस अनुसार अब बिक्री हुन नसकेको १७ लाख ५० हजार २ सय ४८ कित्ता हकप्रद कम्पनीले लिलामीमा ल्याउनेछ ।

आफ्नो कायम सेयर भन्दा बढि माग गरी दरखास्त दिएका सेयरधनीहरुको रकम असोज ४ गतेबाट आईपिएस मार्फत फिर्ता गरिने कम्पनीले जनाएको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

सम्बन्धित समाचार