Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

फेडको ब्याजदर कटौतीको प्रभावः आज अधिकांश एशियाली सेयर बजार वृद्धि

फेडको ब्याजदर कटौतीको प्रभावः आज अधिकांश एशियाली सेयर बजार वृद्धि

अर्थ प्लस
फेडको ब्याजदर कटौतीको प्रभावः आज अधिकांश एशियाली सेयर बजार वृद्धि

काठमाडौँ , असोज ३ । अमेरिकी केन्द्रीय बैंक(फेड)ले ब्याजदर घटाएसँगै एशियाली सेयर बजारमा हरियाली छाएको छ । आज अधिकांश एशियाली सेयर बजारले वृद्धिका साथ कारोबारको सुरुवात गरेका छन् ।  

अमेरिकी केन्द्रीय बैंकले ५० बेसिक प्वइन्टले ब्याजदर कटौती गर्ने निर्णय गरेसँगै आज जापानको सेयर बजार मापक इन्डेक्स निक्की२२५ इन्डेक्स २.५७ प्रतिशतले बढेको छ । टोपिक्स इन्डेक्स पनि आज २.३४ प्रतिशतले बढेको छ । आज जापानी येन डलरको तुलनामा ०.६८ प्रतिशतले कमजोर बनेको छ ।  

आज हङकङको हाङसेङ इन्डेक्स पनि १.२० प्रतिशतले बढेको छ । यस्तै चीनको सीएसआई३०० इन्डेक्स १.२९ प्रतिशत र अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स२०० ०.३५ प्रतिशतले बढेको छ ।  

भारतको सेन्सेक्स पनि ५३२ अंक र निफ्टी५० पनि १४३ अंकले बढेको छ ।  

सम्बन्धित समाचार