Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

झन्डै ५९ अंकले घट्यो सेयर बजार, परिसूचक २४ सयको विन्दुमा

झन्डै ५९ अंकले घट्यो सेयर बजार, परिसूचक २४ सयको विन्दुमा

अर्थ प्लस
झन्डै ५९ अंकले घट्यो सेयर बजार, परिसूचक २४ सयको विन्दुमा

काठमाडौं, असोज ८ । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ९३ अंकले घटेर २४७० दशमलव ३९ को विन्दुमा पुगेको छ ।

मंगलबार ३०९ कम्पनीका ७७ हजार २ सय ६४ पटकको कारोबारमा १ करोड ५५ लाख ४ हजार ९ सय २९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

१० कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको घटेको छ भने एउटा स्थिर रहेको छ । आज १३ उपसमूहमध्ये सबै घटेर राताम्मे भएका छन् भने एनएलजी इन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

सम्बन्धित समाचार