Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

युनाइटेड अजोडले १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

युनाइटेड अजोडले १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

अर्थ प्लस
युनाइटेड अजोडले १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौँ, असोज ९ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असोज ४ गतेबोर्डमा हकप्रद शेयर निष्कासनका लागि अनुमति मागेको हो ।

कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत अर्थात १ः०.१५ को अनुपातमा हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३१ लाख ५० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ। अनुमति पश्चात कम्पनीले हकप्रद निष्कासन गर्नेछ ।

सम्बन्धित समाचार