Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

युनिलिभर नेपालद्वारा १७१४ प्रतिशत लाभांश घोषणा, साधारणसभा पनि आह्वान

युनिलिभर नेपालद्वारा १७१४ प्रतिशत लाभांश घोषणा, साधारणसभा पनि आह्वान

अर्थ प्लस
युनिलिभर नेपालद्वारा १७१४ प्रतिशत लाभांश घोषणा, साधारणसभा पनि आह्वान

काठमाडौँ, असोज ९ । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ९ गते भर्चुअल माध्यमबाट सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले १७१४ प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १७१४ रुपैयाँको दरले aनगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ । कम्पनीले कार्तिक १२ गते साधारणसभा गर्ने भएको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २८ देखि कार्तिक १२ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले असोज २७ गतेसम्म कायम शेयरधनीले मात्र  लाभांश पाउन र साधारणसभामा भाग लिन सक्ने छन् ।

नेप्सेमा सुचिकृत कम्पनीहरुको मध्ये युनिलिभर नेपाल सबैभन्दा महँगो शेयर मूल्य भएको कम्पनी हो । हाल कम्पनीको शेयर मूल्य प्रति कित्ता ५० हजार ३ सय ९८ रुपैयाँ ९० पैसा रहेको छ  ।

सम्बन्धित समाचार