Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

आजदेखि आँखुखोला जलविद्युत कम्पनीको साढे १७ लाख कित्ता शेयर लिलाम बिक्री खुला

आजदेखि आँखुखोला जलविद्युत कम्पनीको साढे १७ लाख कित्ता शेयर लिलाम बिक्री खुला

अर्थ प्लस
आजदेखि आँखुखोला जलविद्युत कम्पनीको साढे १७ लाख कित्ता शेयर लिलाम बिक्री खुला

काठमाण्डौ, असोज ११ । आजदेखि आँखुखोला जलविद्युत कम्पनीले अवितरित साढे १७ लाखभन्दा बढी कित्ता शेयर लिलाम बिक्री खुला गरेको छ ।

यसअघि कम्पनीले १ बराबर १ः५ अनुपातमा प्रतिशेयर १०० रुपियाँ अंकित दरमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । सो शेयरमा रितपूर्वक आवेदन दिने ४१ हजार ३६२ जना शेयरधनीलाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता हकप्रद शेयर भदौ ३० गते बाँडफाँट गरिसकेको छ । बाँडफाँट नभएको बाँकी १७ लाख ५० हजार २४८ कित्ता शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको छ ।

उक्त शेयर किन्न जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले असोज २० गतेभित्र गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ । शिलबन्दी पेस गर्दा आफूले प्रतिकित्ता के कति दरमा लिन चाहेको हो सोको विवरणसमेत खुलाउनुपर्नेछ ।  बोलपत्र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, काठमाडौं तथा नबिल बैंकका शाखा कार्यालय बिर्तामोड, वीरगन्ज, हेटौंडा, जावलाखेल, लेकसाइड पोखरा, नेपालगन्ज, बराहताल सुर्खेत तथा धनगढीमा बुझाउन सकिनेछ । 

सम्बन्धित समाचार