Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आजसम्म कायम सेयरधनीहरुले मात्र गुराँस लघुवित्तको १५ प्रतिशत लाभांश पाउने

आजसम्म कायम सेयरधनीहरुले मात्र गुराँस लघुवित्तको १५ प्रतिशत लाभांश पाउने

अर्थ प्लस
आजसम्म कायम सेयरधनीहरुले मात्र गुराँस लघुवित्तको १५ प्रतिशत लाभांश पाउने

काठमाडौं, असोज १५ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज असोज १५ गते मंगलबार अन्तिम दिन रहेको छ ।

लघुवित्तले लाभांश तथा साधारणसभा प्रयोजनार्थ असोज १६ गते मंगलबार बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले असोज १५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

लघुवित्तले विद्यमान चुक्ता पूँजीको चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीको ९ औँ वार्षिक साधारणसभा असोज २९ गते, मंगलबार, होटल कान्जिरुवा, धनकुटामा बोलाएको हो। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सम्बन्धित समाचार