काठमाडौं, असोज १५ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ ः १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित नवौं बार्षिक साधारणसभामा गौरव इभेन्ट्स, गौतम प्लाजा, स्युचाटार सािलक चोक कलङ्की काठमाडौंमा बोलाएको छ । साधारणसभा असोज १८ गते विहान ८ बजे बोलाएको हो ।
हकप्रद सेयर जारी पछि उठेको रकम कम्पनीले सिंकोस खोला जलविद्युत आयोजनामा लगानी गर्नेछ । कम्पनीको सेयर पुँजी २५ करोड रहेको छ । कम्पनीले आर्थिक वर्ष २०८० ८१ म विद्युत बिक्रीबाट २ करोड ५१ लख ६४ हजार १३९ रुपैयाँ आम्दानी गरेको छ । यस कम्पनीले १.५ मेगावाट क्षमताको ठेउलेखोला जलविद्युत आयोजनाबाट नियमरुपले विद्युत उत्पादन भैरहेको कम्पनीले जनाएको छ ।
