Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एभरेष्ट बैंकद्वारा बाढी पहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग

एभरेष्ट बैंकद्वारा बाढी पहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग

अर्थ प्लस
एभरेष्ट बैंकद्वारा बाढी पहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग

काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडले प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । बाढी पहिरो पीडितको सहयोगको लागि बैंकले उक्त सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे । 

गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरूलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखि नै सहयोग गर्दै आएको छ ।

सम्बन्धित समाचार