Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सिटिजन्स बैंकका ग्राहकले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा विशेष छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा विशेष छुट पाउने

अर्थ प्लस
सिटिजन्स बैंकका ग्राहकले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा विशेष छुट पाउने

काठमाण्डौ, असोज ३० । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाण्डौ बानेश्वरस्थित एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।  

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले उल्लेख गरेको छ ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।  

सम्बन्धित समाचार