काठमाडौँ , कात्तिक १ । सेयर बजार बिहीबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ को विन्दुमा बन्द भएको छ।
आज ३१६ कम्पनीको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार १६६ रुपैयाँको सेयर कारोबार भएको छ । यो दिन ८९ कम्पनीको सेयरमूल्य बढ्दा १४२ वटा कम्पनीको सेयरमूल्य घटेको छ। १३ वटाको कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज ७ वटा उपसमूहमा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ।
