Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

५ अर्बको ऋणपत्र निष्कासन गर्न एनआइसी एसिया बैंकले धितोपत्र बोर्डसँग माग्यो अनुमति

५ अर्बको ऋणपत्र निष्कासन गर्न एनआइसी एसिया बैंकले धितोपत्र बोर्डसँग माग्यो अनुमति

अर्थ प्लस
५ अर्बको ऋणपत्र निष्कासन गर्न एनआइसी एसिया बैंकले धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौँ , कात्तिक १ । एनआइसी एसिया बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई निष्कासन गर्न अनुमति मागेको हो । जसमध्ये २० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने ३० लाख इकाई प्राइभेट प्लेसमेन्ट गर्ने बैंकले जनाएको छ ।

बैंकको ऋणपत्र निष्कासन तथा तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बैंकले ‘एनआइसी एसिया बैंक ऋणपत्र २०९१’ जारी गर्न लागेको हो । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ ।

सम्बन्धित समाचार