Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सिद्धार्थ बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट

अर्थ प्लस
सिद्धार्थ बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौँ, कात्तिक २ । सिद्धार्थ बैंक र्याडिसन होटेल (लाजिम्पाट, काठमाडौं)बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले लाजिम्पाटस्थित र्याडिसन होटलमा बैंकका विभिन्न कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित समाचार