Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सेयर बजारमा ४७.४४ अंकको गिरावट हुँदा ८ अर्ब १८ करोड माथिको कारोबार

सेयर बजारमा ४७.४४ अंकको गिरावट हुँदा ८ अर्ब १८ करोड माथिको कारोबार

अर्थ प्लस
सेयर बजारमा ४७.४४ अंकको गिरावट हुँदा ८ अर्ब १८ करोड माथिको कारोबार

काठमाडौं, कात्तिक ४ । आज साताको पहिलो दिन सेयर बजारमा भारि अंकले घटेको छ । आज सेयर बजार नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ को विन्दुमा कायम भएको छ ।

आज ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १८ करोड २ लाख ६२ हजार माथिको सेयर कारोबार भएको छ । आज १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २२६ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोडमाथिको सेयर कारोबार भएको छ । कुमारी बैंकको ३७ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २६ करोड ५ लाख रुपैयााको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ९.८९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सुबैभन्दा धेरै स्टर्न हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च कारोबार भएका १० कम्पनी

गुडविल फाइनान्स ४५ करोड ७ लाख रुपैयाँ,कुमारी बैंक ३७ करोड ८७ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स २६ करोड ५ लाख रुपैयाँ,एचआईडीसीएलपी २३ करोड २६ लाख रुपैयाँ,ङादी ग्रुप पावर २१ करोड २३ लाख रुपैयाँ,एनएलजी इन्स्योरेन्स १९ करोड ९३ लाख रुपैयाँ,प्रभु बैंक १८ करोड ९ लाख रुपैयाँ,साहास ऊर्जा १४ करोड ७१ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावर १३ करोड ७४ लाख रुपैयाँ,शिवम सिमेन्ट १३ करोड १४ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ।

सम्बन्धित समाचार