Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम मौका, आजसम्मका सेयरधनीमात्र एजिएममा भाग लिन पाउन

स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम मौका, आजसम्मका सेयरधनीमात्र एजिएममा भाग लिन पाउन

अर्थ प्लस
स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम मौका, आजसम्मका सेयरधनीमात्र एजिएममा भाग लिन पाउन

काठमाडौं , कात्तिक ८ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुनिश्चित गर्ने आज (कात्तिक ८ गते) अन्तिम दिन रहेको छ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनार्थ लघुवित्तले भोलि (कात्तिक ९) मा बुक क्लोज गर्दै छ । आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउन र सभामा सहभागिता जनाउन सक्नेछन् ।

असोज ३० मा बसेको कम्पनी सञ्चालक समितिको निर्णयअनुसार सभा यही कात्तिक ३० गते लिसरा रिसेप्सन्स, भवगतीबहाल, नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १४.२५ प्रतिशत बोनस  सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांशसहित कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीबाट एक जना निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र मर्जरका लागि योग्य देखिएका संस्थालाई सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अधिकार दिनेलगायतका प्रस्ताव पारित गर्नेछ । साथै, कायम चुक्ता पुँजी १ अर्ब ४५ करोडमा बोनस  सेयर जारी गरेर १ अर्ब ६५ करोड ६६ लाख २५ हजार कायम गर्ने एजेन्डा पनि रहेको छ ।

 

सम्बन्धित समाचार