Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सिईडिबि हाइड्रोपावरको नाफामा २०२ प्रतिशतको उछाल

सिईडिबि हाइड्रोपावरको नाफामा २०२ प्रतिशतको उछाल

अर्थ प्लस
सिईडिबि हाइड्रोपावरको नाफामा २०२ प्रतिशतको उछाल

काठमाडौं, कात्तिक १३ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा बढेको छ ।

असोज मसान्तसम्ममा कम्पनीले ९ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०२.२८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज र अन्य आम्दानी १४५.९२ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको प्रशासनिक खर्च समीक्षा अवधिमा ४२.७२ प्रतिशत र कुल खर्च ४१.३९ प्रतिशत बढेको छ।

१ अर्ब ३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४८ करोड ६० लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी बढेर ३५ रुपैयाँ ११ पैसामा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अुनपात ५०.९८ गुणा रहेको छ।

सम्बन्धित समाचार