Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेरुडे मिर्मिरे लघुवित्तको ६७ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

नेरुडे मिर्मिरे लघुवित्तको ६७ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

अर्थ प्लस
नेरुडे मिर्मिरे लघुवित्तको ६७ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं, कात्तिक १३ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले सात जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ६७ हजार १५९ कित्ता शेयर बिक्रीमा राखेको हो।

संस्थापकहरूले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिएको यस शेयर खरीदका लागि आवेदन नपरेपछि संस्थापक बाहेकका व्यक्ति वा संस्थाले किन्न पाउने गरी शेयर पुनः बिक्री खुला गरिएको हो।

इच्छुक खरीदकर्ताले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–८ स्थित केन्द्रीय कार्यालयमा लिखित निवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार