काठमाडौं, कात्तिक १३ । आज सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ को विन्दुमा कायम भएको छ ।
आज २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीकाे सेयर मूल्य घटेको छ । आज ६ अर्ब १२ करोडको सेयर कारोबार भएको छ ।
आज सबैभनदा धेरै समृद्धि फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको १६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआईसी कुथेली बुखरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै निफ्रा उर्जा ऋणपत्रका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १.९५ प्रतिशतका दरले गुमाएका हुन् ।
