Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

माउन्टेन हाईड्रो नेपाल ३८.६२ करोड घाटामा, रिजर्भको आकार पनि ९२.४१ करोडले ऋणात्मक

माउन्टेन हाईड्रो नेपाल ३८.६२ करोड घाटामा, रिजर्भको आकार पनि ९२.४१ करोडले ऋणात्मक

अर्थ प्लस
माउन्टेन हाईड्रो नेपाल ३८.६२ करोड घाटामा, रिजर्भको आकार पनि ९२.४१ करोडले ऋणात्मक

काठमाण्डौ, कात्तिक १६ । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले  आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ३८ करोड ६२ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी १ करोड ५९ लाख बढी नाफामा रहेको थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानी भने बढेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी २०.८८ प्रतिशतले बढेर १८ करोड ४८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्त खर्च भने ८ करोड ७० लाख रुपैयाँबाट घटेर ६ करोड ५६ लाख रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीको रिजर्भको आकार ९२ करोड ४१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीले यो अवधिसम्म २३ करोड ४९ लाख रुपैयाँ अल्पकालिन कर्जा र २ अर्ब ६९ करोड रुपैयाँबराबरको दीर्घकालिन कर्जा लिएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३०.९० रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ २६.०७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११.२५ रुपैयाँ ऋणात्मक र तरmलता अनुपात ०.४९ प्रतिशत  कायम भएको छ । 

सम्बन्धित समाचार