Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

समता घरेलु लघुवित्तको एफपिओमा आवेदन दिने आज अन्तिम अवसर

समता घरेलु लघुवित्तको एफपिओमा आवेदन दिने आज अन्तिम अवसर

अर्थ प्लस
समता घरेलु लघुवित्तको एफपिओमा आवेदन दिने आज अन्तिम अवसर

काठमाडौं, कात्तिक २० । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा बिक्रि खुल्ला गरेको थप सार्वजनिक निष्काशन(एफपिओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले कार्तिक १२ गतेदेखि सर्वसाधारणको लागि १०० रुपैयाँ अंकित दरका ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्काशन गरेको थियो ।

लगानीकर्ताले उक्त एफपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम हुने गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गरेको हो । संस्थाको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिलट लिमिटेड रहेको छ ।

सम्बन्धित समाचार