Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, कति दिँदैछ बोनस?

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, कति दिँदैछ बोनस?

अर्थ प्लस
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, कति दिँदैछ बोनस?

काठमाडौं, कात्तिक २० । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको कात्तिक १४ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५.५० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले १८औं वार्षिक साधारण सभा मंसिर २७ गते बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा बस्ने गरी आव्हान गरेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गते बुक क्लोज गर्ने भएकोले मंसिर ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार