Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

५० प्रतिशतले बढ्यो सुपर मादी हाइड्रोपावरको नाफा

५० प्रतिशतले बढ्यो सुपर मादी हाइड्रोपावरको नाफा

अर्थ प्लस
५० प्रतिशतले बढ्यो सुपर मादी हाइड्रोपावरको नाफा

काठमाडौं, कात्तिक २३ । सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा बढेको छ ।

असोज मसान्तसम्ममा कम्पनीले १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.८३ प्रतिशत बढि हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १० करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४३ करोड २७ लाखबाट घटेर ४२ करोड १५ लाख रुपैयाँमा झरेको छ। २ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३० करोड ५ लाख रुपैयाँ सञ्चित छ।

पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ११४ रुपैयाँ ३१ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ९।७६ गुणा रहेको छ।

सम्बन्धित समाचार