Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

प्राइम बैंकको डीजीएममा सुमितबाबु खत्री नियुक्त

प्राइम बैंकको डीजीएममा सुमितबाबु खत्री नियुक्त

अर्थ प्लस
प्राइम बैंकको डीजीएममा सुमितबाबु खत्री नियुक्त

काठमाडौं, कात्तिक २३ । प्राइम कमर्सियल बैंक लिमिटेडको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन् ।

कुशल कार्यसम्पादनमा अब्बल खत्रीले बैंकिङ क्षेत्रमा विगत २४ वर्षदेखि काम गर्दै आइरहेका छन् । सिटिजन्स बैंक लिमिटेडको स्थापना कालदेखि नै कार्यरत खत्री यस अघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए ।

खत्री एक महिनाअघि मात्रै सिटिजन्स बैंकबाट बाहिरिएका थिए । खत्री बैंकिङ क्षेत्रमा कर्जा विज्ञको रुपमा चिरपरिचित रहेका छन् ।खत्रीले देशको ठूला ठूला भौतिक निर्माण आयोजनाहरुमा बैकिङ कर्जा व्यवस्थापनमा महत्वपूर्ण भूमिका  खेल्दै आईरहेका छन् । 

सम्बन्धित समाचार