Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

खर्च घट्दा शिवम् सिमेन्ट्स नाफामा

खर्च घट्दा शिवम् सिमेन्ट्स नाफामा

अर्थ प्लस
खर्च घट्दा शिवम् सिमेन्ट्स नाफामा

काठमाडौँ , कात्तिक २९ । शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा बृद्धि देखिएको छ।

समिक्षा अवधिमा कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष कम्पनी ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा थियो। ५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४८ करोड ८० लाख रुपैयाँ सञ्चित छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको इपिएस बढेर १ रुपैयाँ २ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ २८ पैसा रहेको छ ।

सम्बन्धित समाचार