Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

दोहोरो अंकले बढ्यो सेयर बजार, १० अर्ब ३२ करोडको कारोबार

दोहोरो अंकले बढ्यो सेयर बजार, १० अर्ब ३२ करोडको कारोबार

अर्थ प्लस
दोहोरो अंकले बढ्यो सेयर बजार, १० अर्ब ३२ करोडको कारोबार

काठमाडौँ , कात्तिक २९ । सेयर बजार आज पनि उकालो लागेरको छ। नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ को विन्दुमा बन्द भएको हो।

आज ३२१ कम्पनीको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३२ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १५९ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ७९ कम्पनीको घटेको छ । यो दिन ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३१ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको २७ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त,र अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.१२ प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्

जानकी फाइनान्स ३५ करोड २४ लाख रुपैयाँ, ङादी ग्रुप पावर ३१ करोड ६ लाख रुपैयाँ, समृद्धि फाइनान्स २७ करोड ५८ लाख रुपैयाँ, नेपाल फाइनान्स २१ करोड ६३ लाख रुपैयाँ, पिपुल्स हाइड्रोपावर १९ करोड ७६ लाख रुपैयाँ, ग्रीनलाइफ हाइड्रोपावर १९ करोड ३७ लाख रुपैयाँ, रसुवागढी हाइड्रोपावर १८ करोड ११ लाख रुपैयाँ, बेस्ट फाइनान्स १४ करोड ७७ लाख रुपैयाँ, माछापुच्छ्रे बैंक १३ करोड ६९ लाख रुपैयाँ,मितेरी डेभलपमेन्ट बैंक १२ करोड २० लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।

सम्बन्धित समाचार