Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

समता घरेलु लघुवित्तको एफपिओको यसरी हेर्नुहोस् नतिजा

समता घरेलु लघुवित्तको एफपिओको यसरी हेर्नुहोस् नतिजा

अर्थ प्लस
समता घरेलु लघुवित्तको एफपिओको यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, कात्तिक ३० । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपिओ) आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपिओ बाँडफाँड भएको हो ।

कम्पनीले कात्तिक १२ गतेदेखि २० गतेसम्म निश्कासन एफपिओमा मागभन्दा ६०.७२ गुणा बढी आवेदन परेको थियो। एफपिओमा १४ लाख ४२ हजार ४२० जनाले कुल २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन दिएका थिए । जसमा ३५ हजार ९० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ७ हजार ३३० जनाको भने हात खाली हुनेछ । माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट एफपिओ बाँडफाँट भएको थियो ।

एफपिओ नतिजा हेर्नको लागि केही समय कुर्नु पर्नेछ ।लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्ट बाट एफपिओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले एफपिओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट​बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि एफपिओको नतिजा हेर्न सकिन्छ ।

सम्बन्धित समाचार