Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नोक्सानी घटाउदै जोशी हाइड्रोपावर

नोक्सानी घटाउदै जोशी हाइड्रोपावर

अर्थ प्लस
नोक्सानी घटाउदै जोशी हाइड्रोपावर

काठमाडौं, मंसिर ३ । जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार हाइड्रोपावरले समिक्षा अवधिमा नोक्सानी घटाएको छ ।

समिक्षा अवधिमा हाइड्रोपावर ४८ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा हाइड्रोपावर ४ करोड ८७ लाख रुपैयाँ नोक्सानीमा थियो । कम्पनीको आयोजनाको खर्च र रायल्टी बापतको खर्च घट्दा नोक्सानी घटाएको हो ।

३७ करोड १४ लाख चुक्ता पँुजी रहेको कम्पनीको रिटेन अर्निङ १७ करोड ७९ लाख रुपैयाँले ऋणात्मक छ । असोज मसान्तसम्ममा जलबिद्युतको प्रतिसेयर आम्दानी १ रुपैयाँ २९ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँ ७ पैसा रहेको छ ।

सम्बन्धित समाचार