Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सेयर बजारमा उच्च गिरावट हुँदा १० अर्ब ४६ करोड माथिको कारोबार

सेयर बजारमा उच्च गिरावट हुँदा १० अर्ब ४६ करोड माथिको कारोबार

अर्थ प्लस
सेयर बजारमा उच्च गिरावट हुँदा १० अर्ब ४६ करोड माथिको कारोबार

काठमाडौं, मंसिर ४ । आज सेयर बजार भारी अंकले गिरावट आएकाे छ । आज सेयर बजार नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ को विन्दुमा कायम भएको छ ।

आज ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४६ करोड माथिको सेयर कारोबार भएको छ । आज २० कम्पनीको सेयर मूल्य बढेको छ भने २२४ कम्पनकिो मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको २९ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको २४ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका हुन् । यूनिक नेपाल लघुवित्तका लगानकिर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.९३ प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्

ङादी ग्रुप पावर ४६ करोड ६८ लाख रुपैयाँ,समृद्धि फाइनान्स २९ करोड ८ लाख रुपैयाँ,पोखरा फाइनान्स २४ करोड ९२ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावर २३ करोड ९४ लाख रुपैयाँ,सिंगटी हाइड्रो २३ करोड ७५ लाख रुपैयाँ,हिमालय ऊर्जा २० करोड ९६ लाख रुपैयाँ,जानकी फाइनान्स १९ करोड ८४ लाख रुपैयाँ,नेपाल फाइनान्स १५ करोड ७२ लाख रुपैयाँ,सप्तकोशी डेभलपमेन्ट बैंक १४ करोड ८३ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स १४ करोड ७५ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।

सम्बन्धित समाचार