Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

ब्याज आम्दानी घट्दा निफ्राको नाफामा संकुचन

ब्याज आम्दानी घट्दा निफ्राको नाफामा संकुचन

अर्थ प्लस
ब्याज आम्दानी घट्दा निफ्राको नाफामा संकुचन

काठमाडौं, मंसिर ६ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्ममा ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यसरी कम्पनीको खुद नाफामा १५.२२ प्रतिशतको गिरावट आएको छ ।

कम्पनीको खुद ब्याज आम्दानी पनि १९.८० प्रतिशतले घटेर ५६ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीले १ करोड ३६ लाख रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६.५० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३१.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४.४७ गुणा,तरलता अनुपात १८७.९७ प्रतिशत र इक्युटिमा प्रतिफल ६.४८ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार