Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

लिबर्टी इनर्जीले मंसिर १६ बाट हकप्रद बिक्री खुला गर्ने

लिबर्टी इनर्जीले मंसिर १६ बाट हकप्रद बिक्री खुला गर्ने

अर्थ प्लस
लिबर्टी इनर्जीले मंसिर १६ बाट हकप्रद बिक्री खुला गर्ने

काठमाडौं, मंसिर ७ । लिबर्टी इनर्जी कम्पनीको हकप्रद सेयरमा मंसिर १६ देखि आवेदन खुल्ने भएको छ । कम्पनीले ५० प्रतिशत अर्थात् १ सय बराबर ५० कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड छ । हकप्रद निष्कासनपछि ७५ करोड थप हुनेछ । हकप्रद सेयरमा पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद निष्कासनबाट प्राप्त रकमबाट माथिल्लो दोर्दी ए जलविद्युत् आयोजनाको ऋण रकम ५५ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्ने, सो आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम १५ करोड ३२ लाख रुपैयाँ भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२३ रुपैयाँ ५० पैसा छ ।

सम्बन्धित समाचार