Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सानिमा बैंकले अब काठमाडौँको थलीबाट पनि सेवा दिने, मह जोडी, सञ्चालक र सिइओले गरे उद्घाटन

सानिमा बैंकले अब काठमाडौँको थलीबाट पनि सेवा दिने, मह जोडी, सञ्चालक र सिइओले गरे उद्घाटन

अर्थ प्लस
सानिमा बैंकले अब काठमाडौँको थलीबाट पनि सेवा दिने, मह जोडी, सञ्चालक र सिइओले गरे उद्घाटन

आइतवार, मंसिर ९ २०८१
काठमाडौँ । सानिमा बैंक लिमिटेडले काठमाडौँको थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले आइतबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंकिङ्ग सेवा विस्तार गरेको हो ।

उक्त शाखा कार्यालयको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका सञ्चालक लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रूपमा गरे ।

समुद्घाटन समारोहमा, नगर प्रमुख कार्कीले सानिमा बैंकले नगरपालिकाको भवनमा शाखा विस्तार गरेकोमा कृतज्ञता व्यक्त गर्दै यस बैंकमार्फत स्थानीयमा सहज बैंकिङ्ग सेवाको पहुँचबाट लाभान्वित हुने बताए ।

यसैगरी मह जोडीले थलीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका सञ्चालक लक्ष्मीप्रपन्न निरौला तथा प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता ज्ञापन गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३४ वटा कार्यालय र १२४ वटा एटिएम सञ्चालनमा रहेका छन् । 

सम्बन्धित समाचार