काठमाडौं, मंसिर १० । ङादी ग्रुप पावर कम्पनीले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ। कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हकप्रद सेयर निष्कासन गर्न आइतबार स्वीकृति दिएको हो।
सेबोनको स्वीकृतिमा कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ को १ः१ अनुपातमा प्रति कित्ता १०० रुपैयाँ अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्नेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
