Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

कर्णाली विकास बैंक समस्याउन्मुख, वित्तीय कारोबार गर्न रोक

कर्णाली विकास बैंक समस्याउन्मुख, वित्तीय कारोबार गर्न रोक

अर्थ प्लस
कर्णाली विकास बैंक समस्याउन्मुख, वित्तीय कारोबार गर्न रोक

काठमाडौं, मंसिर ११ । कर्णाली विकास बैंक समस्यामा देखिएपछि नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारमा रोक लगाएको छ ।

नेपालगन्जमा रहेको यस विकास बैंकमा निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने देखिएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि राष्ट्र बैंकले कारबाही गरेको छ ।

‘संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई आजैका मितिबाट लागू हुनेगरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको ब्यहोरा सर्वसाधारणमा जानकारी गराइन्छ’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार