Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एभरेस्ट बैंकले पायाे ऋणपत्र निष्कासनको अनुमति

एभरेस्ट बैंकले पायाे ऋणपत्र निष्कासनको अनुमति

अर्थ प्लस
एभरेस्ट बैंकले पायाे ऋणपत्र निष्कासनको अनुमति

काठमाडौं, मंसिर १२ । बुधबार कार्यभार सम्हाले लगत्तै धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले एभरेस्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएका छन् । श्रेष्ठले एभरेस्ट बैंकको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएका हुन् ।

एभरेस्ट बैंकले गएको असारमा ऋणपत्र निष्कासनका लागि अनुमति माग गरेको थियो । तर अध्यक्ष नहुँदा उक्त प्रक्रिया थन्किएको थियो ।

अब एभरेस्ट बैंकले १० वर्षे अवधिका लागि ७.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नेछ । यसका लागि बैंकले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

सम्बन्धित समाचार