Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

८.३० अंकले ओरालो लाग्यो सेयर बजार, ८ अर्ब ५४ करोडको काराेबार

८.३० अंकले ओरालो लाग्यो सेयर बजार, ८ अर्ब ५४ करोडको काराेबार

अर्थ प्लस
८.३० अंकले ओरालो लाग्यो सेयर बजार, ८ अर्ब ५४ करोडको काराेबार

काठमाडौं, मंसिर १३ । आज सेयर बजार ८.३० अंकले घटेको छ। आज सेयर बजार नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ को विन्दुमा कायम भएको छ ।

आज ३०७ कम्पनीको सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड ५५ लाख २५ हजारमाथिको सेयर कारोबार भएको छ । आज ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको सेयरमूल्य घटेको छ।

आज सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ३१ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको २९ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मितेरी डेभलपमेन्ट बैंकको २७ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विशाल बजार र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । पाँचथर पावरका लगानीकर्ताले ८.३३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

सम्बन्धित समाचार