Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
समाचार

शहीद दिवसमा अर्को साल सार्वजनिक बिदा, यसपालि छैन

शहीद दिवसमा अर्को साल सार्वजनिक बिदा, यसपालि छैन

शहीद दिवसमा अर्को साल सार्वजनिक बिदा, यसपालि छैन

१४ माघ, काठमाडौं । सरकारले यो वर्ष पनि शहीद दिवसमा सार्वजनिक बिदा नदिने भएको छ । शहीद दिवसमा सार्वजनिक बिदा हो कि होइन भनेर सयौंले सोधेपछि गृह मन्त्रालयले यसबारे प्रतिक्रिया दिएको हो ।

विगतका वर्षमा शहीद दिवसमा सार्वजनिक बिदा नदिने गरिए पनि सरकारले अर्को वर्ष २०८१ मा भने बिदा दिने निर्णय गरिसकेको छ ।

मंगलबार १६ माघमा पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिइएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।

‘माघ १६ को शहीद दिवसमा सार्वजनिक बिदा हो कि होइन भनेर सयौंले सोधे,’ अधिकारीले अनलाइनखबरसँग भने, ‘खासमा यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय भएको छ । तर, अर्को वर्ष भने बिदा दिने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ ।’

उनका अनुसार शहीद दिवस देशभरि मनाइने तर सरकारी कार्यालय सबै यथावत खुल्ने र सेवा प्रवाह हुनेछ ।

‘अर्को वर्ष २०८१ को शहीद दिवसमा सार्वजनिक बिदा दिने निर्णय सरकारको छ,’ उनले भने, ‘तर, यसपालिलाई पनि बिदा दिइएको छैन ।’

सम्बन्धित समाचार