Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सेयर बजारमा १७.८० अंकको बृद्धि हुँदा ८ अर्ब ५२ करोडमाथिको कारोबार

सेयर बजारमा १७.८० अंकको बृद्धि हुँदा ८ अर्ब ५२ करोडमाथिको कारोबार

अर्थ प्लस
सेयर बजारमा १७.८० अंकको बृद्धि हुँदा ८ अर्ब ५२ करोडमाथिको कारोबार

काठमाडौं, मंसिर १८ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १७.८० अंकले बढेर २७७५.८५ को विन्दुमा कायम भएको छ ।

आज ३०७ कम्पनीको ८ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । आज १४२ कम्पनीको मूल्य बढेको छ भने ९७ कम्पनीको मूल्य घटेको छ । आज ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको २६ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । वेष्ट फाइनान्सको २४ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावर र इङवा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सुपरमादी हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर साङगे हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.५१ प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च कारोबार भएका १० कम्पनी

ङादी ग्रुप पावर २६ करोड ७४ लाख रुपैयाँ,जानकी फाइनान्स २६ करोड ५१ लाख रुपैयाँ,बेस्ट फाइनान्स २४ करोड ६ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर २३ करोड ८७ लाख रुपैयाँ ,एनआईसी एसिया बैंक १७ करोड २५ लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावर १७ करोड १८ लाख रुपैयाँ,नेसनल हाइड्रोपावर १६ करोड ८६ लाख रुपैयाँ,शिवश्री हाइड्रोपावर १६ करोड ८० लाख रुपैयाँ,युनाइटेड इदी मर्दी १५ करोड ८७ लाख रुपैयाँ,एलआईसी नेपाल १५ करोड ८ लाख रुपैयाँ सर्वाधिक कारोबार भएकाे छ।

सम्बन्धित समाचार