काठमाडौं, मंसिर २० । आज साताको अन्तिम दिन सेयर बजार घटेको छ । आज सेयर बजार नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४.९३ को विन्दुमा बन्द भएको छ ।
आज ३०७ कम्पनीको ८ अर्ब ३६ करोड माथिको सेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।
आज ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको सेयर मूल्य घटेको छ । याे दिन ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २९ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एलआइसी नेपालको २० करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोका लगानीकर्ताले ९ .९५ प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.८१ प्रतिशतका दरले कमाएका छन् । एलआइसी नेपालका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।
