Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एनएमबि बैंकलाई लैङ्गीक समावेशी कार्य स्थलको अवार्ड प्रदान

एनएमबि बैंकलाई लैङ्गीक समावेशी कार्य स्थलको अवार्ड प्रदान

अर्थ प्लस
एनएमबि बैंकलाई लैङ्गीक समावेशी कार्य स्थलको अवार्ड प्रदान

काठमाडौं, मंसिर २० । एनएमबि बैंकलाई युएन उमन एशिया–प्यासिफिक डब्लुईपीएसले लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै विशेष अवार्ड प्रदान गरेको छ ।

युएन उमन र यूएन ग्लोबल कम्प्याक्टले कार्यस्थल र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नकालागि बैंकको तर्फबाट सक्दो प्रयास गर्दै आएकोमा यो अवार्ड प्राप्त भएको जनाएको छ ।

यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा डब्लुईपीएस अन्तर्गतको यूएन उमनद्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको विज्ञप्तिमार्फत जनाएको छ । एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको जनाइएको छ ।

यस अवार्डले एनएमबि बैंकलाई निरन्तर रुपमा समावेशी र दीगो विकाश गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघि बढ्न प्रोत्साहन मिलेको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार