Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल एसबीआई बैंकको सिइओको जिम्मेवारीमा रामकुमार तिवारी, दे भारत फर्किने

नेपाल एसबीआई बैंकको सिइओको जिम्मेवारीमा रामकुमार तिवारी, दे भारत फर्किने

अर्थ प्लस
नेपाल एसबीआई बैंकको सिइओको जिम्मेवारीमा रामकुमार तिवारी, दे भारत फर्किने

काठमाडौै । नेपाल एसबीआई बैंकको सिइओमा रामकुमार तिवारी नियुक्त भएका छन् । भारतको स्टेट बैंक अफ स्टेट (एसबीआई)ले नेपाल एसबीआई बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृतको रूपमा तिवारीलाई पठाएको हो।

नेपाल एसबीआई बैंक र भारतको एसबीआईबीचको प्राविधिक सेवा सम्झौताअनुसार एसबीआईले नेपाल एसबीआईमा नयाँ नियुक्त गरिएको बैंकले जनाएको छ । 

तिवारीले आगामी माघ २ गतेदेखि लागू हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेनछन् । बैंकको प्रमुख कार्यकारी अधिकृत स्टेट बैंक अफ इन्डियाबाट खटिएर आउने प्रचलन छ । 

हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा आएका दिपक कुमार देलाई फिर्ता पठाउन स्टेट बैंकले अनुरोध गरेकोले जनवरी १५ देखि उनलाई पदमुक्त गर्न लागिएको बैंकले जनाएको छ । दे २०७७ साउनमा नेपाल एसबीआई बैंकको सिइओ नियुक्त भई आएका थिए । 

सिइओ देको चार वर्षे कार्यकाल यही भदौ ३१ गतेदेखि समाप्त हुने थियो तर भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सो मितिपश्चात अर्थात् असोज १ गतेदेखि लागू हुनेगरी थप ६ महिनाका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको थियो । 

नयाँ सिइओको रूपमा आउन लागेका तिवारी स्टेट बैंक अफ इन्डियाका जनरल म्यानेजर हुन् । उनी हाल बैंकको छत्तिसगढ राज्यका प्रमुख रहेका छन् । 

सम्बन्धित समाचार