काठमाडौँ, मंसिर २१ । कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
बैंकले गत असोज ३० गते १८औँ वार्षिक साधारणसभाबाट पारित गरेका ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
यो वर्ष बैंकले ५ प्रतिशत नगद लाभांश १२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।
सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा नभएमा वा नगद लाभांश बैंक खातामा नआएमा बैंकको केन्द्रीय कार्यालयमा जानकारी गराउन बैंकले आग्रह गरेको छ ।
