काठमाडौं, मंसिर २१ । विजय लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । हाल यस संस्थाको चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ रहेको छ ।
