Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
बैंकवित्त

लक्ष्मी सनराइज बैङ्क र अपर सेती हाइड्रोबिच सम्झौता, बैङ्कले २० मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने

लक्ष्मी सनराइज बैङ्क र अपर सेती हाइड्रोबिच सम्झौता, बैङ्कले २० मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने

लक्ष्मी सनराइज बैङ्क र अपर सेती हाइड्रोबिच सम्झौता, बैङ्कले २० मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौँ, १५ माघ । लक्ष्मी सनराइज बैङ्क लिमिटेड र अपर सेती हाइड्रो प्रा.लि.बिच सम्झौता भएको छ । कम्पनीको कास्की जिल्लास्थित सेती नदीमा २० मेगावाट क्षमताको मथिल्लो सेती खोला जलविद्युत आयोजना निर्माण गर्न बैङ्क र उक्त कम्पनीबिच उक्त सम्झौता भएको हो । 

सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

अपर सेती हाइड्रोले माघ १७ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै आश्विन १० मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेकोे छ । सो कम्पनीको प्रवर्द्धकको रूपमा नेपालको व्यापारिक घराना के.सी. ग्रुप रहेको छ ।

सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैङ्क एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक/संस्थापकहरूको लगानी रहने छ । 

लक्ष्मी सनराइज बैङ्कको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ३.०२ अर्ब रहेको छ जसले दिगो विकासलाई बढावा दिने बैङ्कको योजनालाई अझ सार्थक बनाउनेछ ।

२० मेगावाट क्षमताको सो आयोजना निमार्णपश्चात वार्षिक करिव ११३.५१ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै बैङ्कको विद्यमान १४०० मेगावाट भन्दा बढीको पोर्टफोलियोमा अझ सुदृढ हुँदै लक्ष्मी सन्राइज बैङ्कको हरित ऊर्जा प्रवद्र्धनप्रति निरन्तर प्रतिबद्धतालाई जोड दिनेछ ।

सम्बन्धित समाचार